घमेश दुलालकाे गीत ‘बनमा खयर’ सार्वजनिक

प्रकाशित मिति :  99 पटक हेरिएको

काठमाडौं । घमेश दुलालकाे लोकदोहोरी गीत ‘बनमा खयर’ सार्वजनिक भएको छ ।

विगतका दिनमा लोकदोहोरी क्षेत्रमा राम्रो सफलता कमाएको भए पनि एक दशक भन्दाबढी समयसम्म गुमनाम भएका दुलाल पुन: लोकदोहोरीको क्षेत्रमा फर्किएका हुन् ।

गायक दुलालले यसअघि नारायण थानमा गेट, दमौलीमा गेट, घर हाम्रो रामेछाप, आमाको आशीर्वाद, अन्तिम चिट्ठीलगायत दर्जनौं चर्चित गीतका गाएका थिए ।

दुलालसँगै ‘बनमा खयर’मा गायिकाको प्रविशा अधिकारीको स्वर रहेको छ भने शिव हमालले शब्द रचना गरेका छन् ।

गीतमा संगीतकार तथा गायक प्रभावन जेकाे संगीत रहेकाे छ भने गीतकाे संगीत संयाेजन कमल साैरागले गरेका हुन् ।

डिएआर मुभिजकाे अफिसियल च्यानलबाट
सार्वजनिक भएको सो गीतमा अभिनय बुद्धि तामाङ, सत्यकला बम्जन र पुरु सिग्देलकाे रहेकाे छ ।

कमल राईले भिडियो निर्देशन गरेका छन् भने छायांकन हरिष मेहेरा, कलर तथा सम्पादन डिनशन शाहले गरेका छन् ।
भिडियाे हेर्नुहाेस:

 

तपाईको प्रतिक्रिया