चलचित्र ‘सम्हालिन्छ कहिले मन’ भदौ १८ मा प्रदर्शन हुने

प्रकाशित मिति :  49 पटक हेरिएको

काठमाडौं । नेपाली चलचित्र सम्हालिन्छ कहिले मनको छायाँकन सकिएको छ ।

नेपालमा छायाँकन पहिले नै सकिएको भए पनि दुबईमा छायाँकन बाँकी रहेकोले चलचित्रको पर्दशन मिति तोकिएको थिएन ।  अब दुबईमासमेत छायाँकन सकिएसँगै निर्देशक सुदर्शन थापाले फिल्मको प्रदर्शन मिति तय गरेकाे बताएका छन् ।

निर्देशक थापाले फिल्म सम्हालिन्छ कहिले मन भदौ १८ गतेदेखि प्रदर्शनमा आउने आफ्नो आधिकारिक फेसबुकमार्फत जानकारी गराएका छन् ।

प्रेम कथामा आधारित चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ, सोनम तोप्देने, गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्यलगायतको अभिनय रहेको छ ।

चलचित्रमा अर्जुन पोखरेल र ताराप्रकाश लिम्बुको संगीत, कविराज गहतराजको कोरियोग्राफी, महेश दवाडीको कथा र सौरभ लामाको छायाँकन छ ।
 

तपाईको प्रतिक्रिया