जनताको अधिकारका लागि बाँचुञ्जेल लड्छु: प्रचण्ड

प्रकाशित मिति :  56 पटक हेरिएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू जनताको विशेषाधिकार प्राप्तिका लागि प्रतिगमनविरुद्ध बाँचुञ्जेलसम्म लड्ने बताएका छन् ।

आइतबार ५६औं अन्तर्राष्ट्रिय रंगभेद उन्मूलन दिवसको अवसरमा नेपाल दलित मुक्ति मोर्चा केन्द्रीय कार्यालयद्वारा काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री भएदेखि नै दलित समूदायको अधिकार कटौती गर्ने र हेप्ने भूमिकामा देखा परेको बताए ।

संविधानले प्रधानमन्त्रीलाई कुनै किसिमको विशेष अधिकार नदिएको स्पष्ट पार्दै ओली भने फत्तुर तर्क गरेर संविधानले आफूलाई विशेष अधिकारको दाबी गर्दै आएको बताए । ओलीले सधैं जनताको अधिकारबारे ठगठाग, जालझेल र मिच्याइँ गरेको बताए ।

संविधानले जनजाति, दलित, मजदुर लगायत पिछडिएका वर्गलाई विशेष अधिकार दिएको र यसको प्राप्तिका निम्ति आफू निरन्तर लड्ने बताए । अधिकार खोजी गर्न संविधान पल्टाएर हेर्न पनि उनले सहभागीहरुसँग आग्रह गरे ।

आफू पछिल्लो समयमा प्रतिगमनको बाटोमा लागेकोले ओलीले दलितको अधिकारलाई छिन्ने खतरा रहेको उनको भनाइ छ । आफूले कम्युनिष्ट शिक्षा र सदस्य छिमेकी विश्वकर्माबाटै लिएको उनको भनाई छ । अन्याय, विभेद, श्रममा ठगी गर्ने विरुद्ध लड्छु भनेर हिँडेकाे बताए ।

संविधानले दलित, महिला, आदिवासी जनजाति, मधेसीलाई राज्यको मूल प्रवाहमा आइपुग्न नसक्दासम्म विशेष अधिकार दिएर जानुपर्ने र यसपहिले भएका अन्यायको उचित क्षतिपूर्ति दिनुपर्छ भनेर बारम्बार लड्दै आइरहेको उनको तर्क थियो ।

 

तपाईको प्रतिक्रिया