राष्ट्रपति भण्डारीलाई बंगलादेशी समकक्षी अब्दुल हमिदद्वारा स्वागत

प्रकाशित मिति :  50 पटक हेरिएको

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको दुई दिने राजकीय भ्रमणमा ढाका पुगेकी छिन् ।

राष्ट्रपति भण्डारी आज बिहान नेपाल एयरलाइन्सको उडान नम्बर आरए ००१ मार्फत ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा १० बजेत अवतरण गरेकी थिइन् ।

राष्ट्रपति भण्डारीलाई बंगलादेशी समकक्षी अब्दुल हमिदले विमानस्थलमा स्वागत गरेका थिए । राष्ट्रपति भण्डारीको सम्मानमा विमानस्थलमा बंगलादेशी सेनाले गार्ड अफ अनरसहित २१ तोपको सलामी दिएको थियो ।

राष्ट्रपति भण्डारी बंगलादेशका राष्ट्रपति अब्दुल हमिदको निमन्त्रणा र बंगलादेशका राष्ट्रिय पिता बंगलाबन्धुको सयौं जन्मजयन्तीमा सहभागी हुन बंगलादेश पुगेकी हुन् । त्यहाँ रहँदा उनले दुई देशबीच महत्वपूर्ण सम्झौतामा सहभागी हुनेछिन् ।

 

तपाईको प्रतिक्रिया