आज तोलामा पाँच सय रुपैयाँले घट्यो सुनको भाउ

प्रकाशित मिति :  33 पटक हेरिएको

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घटेको छ ।

सोमबार ८६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज मंगलबार ८६ हजार रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यावसायिक महासंघका अनुसार आज तेजावी सुनको भाउ ८५ हजार पाँच सय रुपैयाँ तोकिएको छ । हिजो तेजावी सुन ८६ हजार ५० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

यस्तै चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १२ सय १५ रुपैयाँमा झरेको छ । सोमबार चाँदीको प्रतितोला भाउ १२ सय २५ रुपैयाँ थियो ।

 

तपाईको प्रतिक्रिया