काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर युनाइटेडले जित हात पारेको छ ।
आइतबार राति घरेलु मैदानमा भएको खेलमा दोस्रो स्थानको म्यान्चेस्टर युनाइटेडले ब्राइटनलाई २–१ ले पराजित गरेको हो ।
युनाइटेडको पुनरागमन जितमा ६२ औँ मिनेटमा मार्कश रासफोर्ड र ८३ औँ मिनेटमा म्यासन ग्रीनवूडले गोल गरेका हुन् ।
१३ औँ मिनेटमा वेलबेकको गोलबाट ब्राइटनले सुरुवाति अग्रता लिएको थियो । तर ब्रुनो फेर्नान्डेस र पउल पोग्बाको सहयोगमा रासफोर्ड र ग्रीनवूडले गोल गरि टिमलाई जित दिलाएका हुन् ।
जितपछि दोस्रो स्थानको युनाइटेडको ३० खेलबाट ६० अंक भएको छ । एक खेल बढि खेलेको म्यानचेस्टर सिटीको १४ अंक बढी छ ।