प्रदीप रोदनको गजल

प्रकाशित मिति :  176 पटक हेरिएको

भनेको थें भरिन्छु भन्ने आश राखेको छैन।
उसको मुहान छैन निकास राखेको छैन।

केही सपना नराख्नु पनि एक सपना हो
सबै रुखले चरालाई बास राखेको छैन।

यो बजार कमजोरी खोजिरहनेछ मेरो,
मैले आफ्नालाई आसपास राखेको छैन।

चिताको वरिपरि मलामीहरु पनि छन्,
के सबैको छातीले लास राखेको छैन?

नियालें चौरासी ब्यञ्जन र भोकै उठें,
कुनै कचौरामा नि मिजास राखेको छैन।
-प्रदीप रोदन
गोरखा

तपाईको प्रतिक्रिया