भारतमा थपिए एकैदिन एक लाख तीन हजार कोरोना संक्रमित, ६३० को मृत्यु

प्रकाशित मिति :  29 पटक हेरिएको

काठमाडौं । छिमेकी भारतमा कोरोनाभाइरसको संक्रमणसँगै मृत्युदर पनि बढेको छ । मंगलबार भारतमा एक लाख ३ हजार ९ सय ५५ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । यो संख्या मंगलबार संसारकै सबैभन्दा धेरै हो ।

संक्रमित थपिएसँग भारतमा मृतकको संख्या पनि बढेको छ । पछिल्ला दिनहरूमा दैनिक ५ सयमुनि रहेको मृतकको संख्या मंगलबार बढेर ६ सय नाघेको छ ।

भारतिय सञ्चार माध्ययमका अनुसार मंगलबार भारतभरि ६३० जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो संख्या गत वर्ष नोभेम्बर ५ यताकै सबैभन्दा बढी हो ।

भारतमा हालसम्म १ करोड २८ लाख मानिसमा कोरोना संक्रमण भएको छ भने १ लाख ६६ हजारले ज्यान गुमाएका छन् । भारतका महाराष्ट्र, गुजरात, राजस्थान, उत्तर प्रदेश, पश्चिम बंगाल, कर्नाटका,मध्य प्रदेश, केरला र बिहार राज्यमा अहिले संक्रमण तीव्र रूपमा फैलिरहेको छ ।

तपाईको प्रतिक्रिया