नेपालमा थप ३ सय ३९ जनामा कोरोना पुष्टि

प्रकाशित मिति :  19 पटक हेरिएको

काठमाडौं । मुलुकमा पछिल्लो २४ घण्टामा ३ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कूल ४ हजार १ सय पीसीआर तथा १ हजार ४० जनाको एन्टीजेन परीक्षण गरिएको थियो । जसमध्ये पीसीआरबाट २९८ जना र एन्टीजेन परीक्षणबाट ४१ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थपिएका नयाँ संक्रमितमध्ये सबैभन्दा धेरै काठमाडौं उपत्यकामा रहेका छन् । जसमा काठमाडौंमा १ सय ३२ जना, भक्तपुरमा ५ जना, ललितपुरमा २६ जना गरी जम्मा १६३ जना संक्रमिण थपिएका हुन् ।

देशभर २ हजार २०१ सक्रिय संक्रमित रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा ७४ जना संक्रमणमुक्त भइ डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया