माछा मार्ने क्रममा पोखरीमा डुबेर एकजनाको मृत्यु

प्रकाशित मिति :  30 पटक हेरिएको

काठमाडौं । रुपन्देहीमा माछा मार्ने क्रममा पोखरीमा डुबेर एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको शुद्धोधन गाउँपालिका–५ पुरेनी बस्ने ३५ वर्षीय दुहे चौधरी रहेको ईलाका प्रहरी कार्यालय रन्यौराले जनाएको छ ।

प्रहरीका अनुसार चौधरीको सोही गाउँपालिका–२ तल्लो खैरेनीस्थित पोखरीमा डुबेर मृत्यु भएको हो ।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया