आफ्नाहरु छँदै थिए पाप गर्न।
तिमी किन आयौ थपथाप गर्न।
नत्र यो जिन्दगी कसरी काट्नु
केही त चाहिन्छ पश्चताप गर्न।
आफै पनि त सकिएछ आगो,
आएथ्यो मलाई सखाप गर्न।
अड्कल गरे पुग्छ कफनलाई,
भोटोलाई पो पर्छ नाप गर्न।
मलाई किन लान्छस् र छोरा,
औँला लैजा औंठाछाप गर्न।
प्रदीप रोदन
गोरखा