चलचित्र ‘मैना राजा मैना रानी’ बजारमा

प्रकाशित मिति :  125 पटक हेरिएको

काठमाडौं । नेपाली चलचित्र जगत कै पृथक कथावस्तु समेटिएको चलचित्र ‘मैना राजा मैना रानी’ बजारमा आएको छ ।

राजु खड्काको निर्देशन रहेको यस चलचित्रमा रेशम कुमार विश्वकर्माको प्रस्तुति रहेको छ । बुद्ध डाइनामिक म्युजिक प्रा. लि. बाट बजारमा ल्याएको यस चलचित्रमा गायक जीवन तामाङ, पुर्णिमा लामा, भक्त विश्वकर्म, सुराज पन्डित र अनुजा सुनारले आवाज भरेका छन् ।

चलचित्रमा रेशम कुमार विश्वकर्म,लक्ष्मी पहाडी,मीन बहादुर तामाङ, मुक्ती शर्मा,सन्जिता तामाङ, खिलराज बजगाईँ, इन्दिरा बजगाईँ, रेनु तामाङ, दिलिप तामाङ, संगीता के.सी., राजुप्रसाद धिताल, अनिल शर्मा र गोपाल श्रेष्ठलगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।

संगीत संयोजन राजु खड्का र गोपाल रसाइलीले गरेको छ भने जीवन तामाङ,बेसराज बस्नेत र रोशन बुढाथापाको सयुंक्त शब्द रचना रहेको छ । छायांकनमा रामचन्द्र राई,सम्पादनमा शौखिन तिमल्सिना र द्वन्द निर्देशनमा मुक्तिनाथ शर्माको रहेको छ । तामाङ म्हेन्दोमाया गायक तथा संगीतकार सन्दिप स्याम्चेन तामाङ ले उक्त फिल्मको कथा लेखेका थिए ।

यस चलचित्रको छायांकन काठमाडौँमा गरिएको थियो । उपत्यकाका सेतो गुम्बा,सुन्दरी जल र थानकोट क्षेत्रमा यो चलचित्र छायांकन गरिएको हो ।

यस चलचित्र परिवारिक तथा धनी गरिबबीचको भेदभाद अनि टुहुरो अनाथ बच्चा सङ्गको आगत माया प्रेमसम्बन्धि रहेको कथा लेखन सन्दिप स्याम्चेन ले बताएका छन् ।
भिडियो:

तपाईको प्रतिक्रिया