म्यानचेष्टर युनाइटेड र आर्सनल युरोपा लिगको सेमिफाइनलमा

प्रकाशित मिति :  259 पटक हेरिएको

काठमाडौं । इंग्लिस क्लबद्वय म्यानचेष्टर युनाइटेड र आर्सनल युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

गए राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा ग्रानडालाई २-० ले पराजित गर्दै समग्रमा ४-० को नतिजासहित युनाइटेडले अन्तिम चारमा स्थान बनाएको हो । पहिलो लेगमा पनि युनाइटेड २-० ले नै विजयी भएको थियो ।

ओल्ड ट्राफोर्डमा भएको दोस्रो लेगको खेलमा युनाइटेडलाई जित दिलाउन एडिनसन कभानीले छैटौं मिनेटमा गोल गरे । यस्तै ग्रानडाका जेसस भालेजुले इन्जुरी टाइममा आत्मघाती गोल गरेपछि युनाइटेड २-० ले विजयी भएको हो ।

 

तपाईको प्रतिक्रिया