पबित्रा थापा मगरको गजल

प्रकाशित मिति :  259 पटक हेरिएको

अहो! यसरी पनि एउटा काम अजम्बरी बनेछ ।
पीडाहरुमा बग्दा बग्दै आँसुको पोखरी बनेछ।

बाँच्न चाहान्छु भन्दै उपचार गर्न गएको दाजुको
अस्पतालमै झुण्डिएर मर्ने चाहना कसरी बनेछ?

जागिर नै पाएन पढ्न त उसले धेरै पढेको थियो
अचेल ऊ शहरको चर्चित मानव तस्करी बनेछ।

आगो ताप्ने बहानामा आफ्नैले आगो लगाएसी
यो दिल जलेको खरानी र अङ्गार मुटुभरी बनेछ ।

स्कुलको चर्पि बनाउन आएको सरकारी बजेटले
उहाँको श्रीमतिलाई पनि सुनको तिलहरी बनेछ।

पबित्रा थापा मगर
पुर्बी नवलपरासी

तपाईको प्रतिक्रिया