एकैदिन २ हजार ३५१ संक्रमित थपिए, काठमाडौं उपत्यकामा मात्रै १ हजार ५१ जना

प्रकाशित मिति :  37 पटक हेरिएको

काठमाडौं । मुलुकमा कोरोना संक्रमण दर ह्वात्तै वृद्धि भएको छ । गएको २४ घण्टामा मुलुकभर गरी २३५१ संक्रमित थपिएका छन् ।

देशभरका प्रयोगशालामा ८ हजार ८८४ नमुनाको पीसीआर परीक्षण गर्दा २२२० र ८०३ एन्टिजेन टेष्ट गर्दा १३१ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये आधा जति काठमाडौं उपत्यकामा मात्र फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केहीबेर अघिमा सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको विवरण अनुसार उपत्यकामा मात्र १ हजार ५१ जनामा संक्रमण फेला परेका छन् ।

जसअनुसार काठमाडौंमा ७८६, ललितपुरमा १८१ र भक्तपुरका ८४ जना रहेका छन् ।

 

तपाईको प्रतिक्रिया