मकवानपुरमा रुखबाट लडेर एक वृद्धको मृत्यु

प्रकाशित मिति :  58 पटक हेरिएको

मकवानपुर । मकवानपुरमा रुखबाट लडेर एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं १७ का ८० वर्षीय मोहन सिंह विष्ट रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

बुधबार घर नजिक रहेको बडरको रुख चढेर घाँस काट्ने क्रममा लडेर घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक रिमालले बताए ।

विष्टको शव पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको प्रहरीले जनाइएको छ ।

तपाईको प्रतिक्रिया