सुनको मूल्य बढ्ने क्रम जारी, प्रतितोला मूल्य कति?

प्रकाशित मिति :  37 पटक हेरिएको

काठमाडौं । आज बिहिबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

बुधबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहिबार थप दुई सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुनको मूल्य ९१ हजार ७०० रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्यमा पनि बुधबारको मूल्यमा थप २५ रुपैयाँले वृद्धि हुँदै बिहिबार प्रति तोला एक हजार ३३५ रुपैंयामा कारोबार भएको महासंघले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया