नारायणी अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

प्रकाशित मिति :  39 पटक हेरिएको

काठमाडौं । वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत एक कोरोना संक्रमित महिलाको आज बिहान मृत्यु भएको छ ।

वीरगञ्ज महानगरपालिका–१६ नगवा निवासी ६१ वर्षीया महिलाको उपचारका क्रममा गएराति १ः१५ बजे मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या, कडा निमोनिया तथा उच्च ज्वरो भएकी महिलालाई यही वैशाख ५ गते अस्पताल भर्ना गराइएकामा उपचारकै क्रममा मृत्यु भएको नारायणी अस्पतालका कोभिड कोअर्डिनेटर डा. सरोजरोशन दासले जानकारी दिए ।

उनले यही वैशाख ३ गते नै संक्रमण पुष्टि भएर महिलालाई होम क्यारेन्टिनमा राखिएको भए पनि स्वास्थ्यावस्था बिग्रिदै गएपछि अस्पतालको सघन उपचार कक्षमा भर्ना गरी उपचार हुँदै आएको बताए ।

यसैसँगै कोरोना संक्रमणकै कारण पर्सामा मृत्यु हुनेको संख्या ५९ पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पछिलो एक साताभित्र कोरोना संक्रमणकै कारण जिल्लामा ६ संक्रमितको उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।

 

तपाईको प्रतिक्रिया