आईपीएलमा राजस्थानद्वारा कोलकाता ६ विकेटले पराजित

प्रकाशित मिति :  39 पटक हेरिएको

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगितामा राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित भएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३३ रन बनाएको थियो ।

त्यसको जवाफमा राजस्थानले १८.५ ओभरमा ४ विकेट गुमाएर १३४ रन बनाउँदै जित हासिल गर्यो । राजस्थानका कप्तान सन्जु साम्सन ४२ रनमा नटआउट रहे । जारी सिजनमा राजस्थानको पाँच म्याचमा यो दोस्रो जित हो ।

यस्तै पाँच खेलमा कोलकाताको यो लगातार चौथो हार हो । यो हारसँगै कोलकाता अंकतालिकाको आठौं स्थानमा खस्किएको छ ।

 

तपाईको प्रतिक्रिया