वाग्मती प्रदेशमा थपिए चार मन्त्री

प्रकाशित मिति :  56 पटक हेरिएको

काठमाडौं । वाग्मती प्रदेशमा मन्त्रिपरिषद विस्तार गरिएको छ ।

प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार मन्त्रिपरिषदको विस्तार गरेका हुन् ।

उनले केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुनमन्त्री, सरेश नेपाललाई उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री, सरस्वती बस्नेतलाई सामाजिक विकास मन्त्री र डा. रामकुमार अधिकारीलाई सामाजिक विकास राज्यमन्त्रीका लागि सिफारिस गरेका छन् ।

थपिएका मन्त्रीहरुको सपथ आज दिउँसो ४ बजेका लागि तोकिएको मुख्यमन्त्री पौडेल निकट स्रोतले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया