आज घट्यो सुनको मूल्य

प्रकाशित मिति :  53 पटक हेरिएको

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य एकहजार एक सय रुपैयाँले घटेको छ ।

बिहिबार प्रति तोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार एक हजार एक सय रुपैयाँले घटेर ८९ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुनको मूल्य शुक्रबार प्रति तोला ८९ हजार ४५० रुपैयाँ कायम भएको छ ।

शुक्रबार प्रति तोला अधिकतम एक हजार एक सय रुपैयाँले सुनको मूल्य घटेका बेला यता चाँदीको मूल्यमा गिरावट आएको छ ।

महासंघका अनुसार शुक्रबार नेपाली बजारमा चाँदी प्रति तोला २० रुपैयाँले गिरावट आउँदै एक हजार २९५ रुपैयाँ कायम भएको छ ।

 

तपाईको प्रतिक्रिया