कोरोना महामारी नियन्त्रणबारे छलफल गर्न मन्त्रीपरिषदको बैठक बस्दै

प्रकाशित मिति :  52 पटक हेरिएको

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद बैठक बोलाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे बैठक बोलाइएको हो ।

आजको बैठकमा कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारमा केन्द्रित छलफल र निर्णय हुन सक्ने बताइएको छ ।

मन्त्रिपरिषदको नियमति बैठक सोमबार बस्ने गरेको भएपनि प्रधानमन्त्री ओलीले एक दिनअघि नै बैठक बोलाएका छन् ।

कोरोना रोकथामका लागि सीसीएमसीले गरेका सिफारिस आजको मन्त्रिपरिषद बैठकले पारित गर्ने छ ।

 

तपाईको प्रतिक्रिया