आज पनि बढ्यो सुनको मूल्य

प्रकाशित मिति :  50 पटक हेरिएको

काठमाडौं । आज साताको पहिलो दिन सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

शुक्रबारको तुलनामा आइतबार एक सय रुपैयाँले बढेर सुनको मूल्य प्रति तोला ९० हजार रुपैयाँ कायम भएको
नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजाबी सुनको मूल्य आइतबार प्रति तोला ८९ हजार ५०० रुपैयाँ कामय भएको छ । महासंघका अनुसार यता चाँदीको मूल्यमा भने गत शुक्रबारकै मूल्य कायम भएको छ ।

अर्थात् शुक्रबार प्रतितोला एक हजार २९५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबारका लागि पनि सोही मूल्य कायम भएको छ ।

 

तपाईको प्रतिक्रिया