चित्रा पौड्यालको गजल

प्रकाशित मिति :  53 पटक हेरिएको

ढुक्क नबनौ एक एक हिसाब हुन्छ जिन्दगीको
जति गर्छ लगानी मनले किताब हुन्छ जिन्दगीको

वीरहरुले सुन्य किन बनायौ धरती प्रश्न छ मेरो
देखिदैछ कहालीलाग्दो जवाफ हुन्छ जिन्दगीको

कस्तो समाचार बन्दैछ हाम्रै समाज आजभोलि
बेथितिको राज्यमा कस्तो चुनाव हुन्छ जिन्दगीको

लुट्यौ बेस्सरी लोभले आक्रोस देखाउँदैछ जिवाणु
अब प्रकृतिकै अदालतमा निसाफ हुन्छ जिन्दगीको

तपाईको प्रतिक्रिया