तोलामा चार सय रुपैयाँले बढ्यो सुनको मूल्य

प्रकाशित मिति :  39 पटक हेरिएको

काठमाडौं । आज साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्‍य तोलामा चार सय रुपैयाँले बढेको छ ।

आइतबार प्रतितोला ९० हजार रुपैयाँका कारोबार भएको छापावाल सुनको मूल्‍य सोमबार ९० हजार चार सय रुपैयाँमा कारोबार भइरहेको हो ।

यस्तै तेजाबी सुनको मूल्‍य सोमबार ८९ हजार ९ सय रुपैयाँ तोकिएको छ । आइतबार तेजाबी सुन प्रतितोला ८९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको प्रतितोला मूल्‍यमा पनि पाँच रुपैयाँको वृद्धि भएको नेपाल सुनचाँदी व्यावसायिक महासंघले जनाएको छ ।

आइतबार १२ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्‍य सोमबार १३ रुपैयाँ प्रतितोला कायम भएको छ । निषेधाज्ञाका कारण देशैभरका प्रमुख शहरहरु बन्द हुँदा सुनको कारोबारमा भने भारी गिरावट आएको महासंघले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया