मलामी गएका ३१ जनामा कोरोना संक्रमण

प्रकाशित मिति :  47 पटक हेरिएको

काठमाडौं । महोत्तरीमा गत बुधबार कोरोनाबाट मृत्यु भएका व्यक्तिको मलामी गएका एकै गाउँका ३१ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

जिल्लाको मनरासिस्वा नगरपालिका-९ स्थित बथनाहा गाउँमा एकैसाथ ३१ जनामा कोरोनाको सङ्क्रमण देखिएपछि गाउँभरि नै त्रास फैलिएको छ ।

गत बुधबार स्थानीय ६६ वर्षीय एक वृद्धको कोरोनाबाट मृत्यु भएकामा उनको मलामीमा सहभागी ३१ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ ।

मलामीमा गएका ६०-७० जनामध्ये ४५ जनाले पीसीआर जाँच गराउँदा ३१ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

 

तपाईको प्रतिक्रिया