आज थप ७ हजार ४ सय ४८ जनामा कोरोना, ३७ को मृत्यु

प्रकाशित मिति :  45 पटक हेरिएको

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज १६ हजार ६५८ पीसीआर परीक्षणमा सात हजार ३८८ जना र ५१८ एन्टिजेन परीक्षणमा ६० जना गरी सात हजार ४४८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ३७ जनाको मृत्यु भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या २०२१ रहेको छ ।

 

तपाईको प्रतिक्रिया