कोरोना संक्रमणबाट थप दुईजनाको मृत्यु

प्रकाशित मिति :  37 पटक हेरिएको

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट कञ्चनपुरको महाकाली अस्पताल र धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत थप दुई
जनाको मृत्यु भएको छ ।

सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका १३ का २२ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि सोमबार राति अस्पताल भर्ना भएका उनको इमरजेन्सी वार्डमा मृत्यु भएको श्रेष्ठले बताए ।

त्यस्तै, महाकाली अस्पतालमा उपचाररत भीमदत्तनगरपालिका १८ का ७८ वर्षीय पुरुषको मृत्यु भएको छ । अस्पतालका कोभिड १९ सम्पर्क व्यक्ति डाक्टर गोविन्द रोकायाले कोरोना संक्रमण देखिएपछि चार दिनदेखि आईसीयूमा राखेर उपचार गराइरहेकी ती महिलाको सोमबार साँझ मृत्यु भएको जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया