हेटौंडा अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु

प्रकाशित मिति :  34 पटक हेरिएको

मकवानपुर । मकवानपुरको हेटौंडा अस्पतालमा एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

हेटौंडा अस्पतालको ईमर्जेन्सी वार्डमा उपचार गराईरहेकी एक महिलाको आज बिहान मृत्यु भएको अस्पतालका सुपरिटेन्डेन्ट डा. प्रवीण श्रेष्ठले जानकारी दिए ।

हेटौंडा उपमहानगरपालिका ६ निवासी ४१ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।उनले हिजो पीसीआर परीक्षणका लागि स्वाब दिएकी थिइन् ।

स्वास्थ्यमा समस्या आएपछि हिजो अस्पताल आएकी उनको आज बिहान ४ बजे मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया