कोरोनाबाट न्याय परिषदका सदस्य निरालाको निधन

प्रकाशित मिति :  43 पटक हेरिएको

काठमाडौं । न्याय परिषदका सदस्य एवं वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला खड्काको ७७ वर्षको उमेरमा निधन भएको छ ।

पूर्वमहान्यायाधविक्तासमेत रहिसकेका खड्कालाई कोभिड–१९ को सङ्क्रमण भएपछि सशस्त्र प्रहरी अस्पतात, बलम्बुमा उपचारका लागि यही वैशाख १० गते भर्ना गरिएको थियो ।

कोरोना सङ्क्रमणकै कारण उनकोको निधन भएको परिषदका प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।
जनकपुरमा जन्म भई काठमाडौंको गौरीघाट निवासी खड्काको कानून र न्यायका क्षेत्रमा ठूलो योगदान रहेको छ ।

सोही योगदानकै कारण कानून व्यवसायीका तर्फबाट उनी २०७६ पुसमा न्याय परिषदमा भएका थिए ।

तपाईको प्रतिक्रिया