प्रज्वल पुकारको गजल

प्रकाशित मिति :  32 पटक हेरिएको

आँशु पुछ्न भनेर सल दियौ यस्तो प्रेमिकाको हुन्छ
ठीकै भो कि आँखालाई हुन्छ वा घाटीको पासो हुन्छ

रुघा छ दम छ जाडो छ सिरकलाई खोलले छोरा
बाचुन्जेल त्यही ओड्छु मरेपछि मेरै कात्रो हुन्छ

लगाउनोस् आमा म तपाईँलाई रातै सारी ल्याईदिन्छु
बाबाको चिहान हेर् छोरा मुर्दाको आवरण सेतो हुन्छ

साहुले फोन गरिरहेछ नोकरी नछोड जान बैनी जा
जान्न दाई सहरमा जवानी भन्दा चामल महङ्गो हुन्छ

धन्न छुट्नु अगाडि तिमीले मेरो अनुहार भरी थुकी दियौ
यसकारण मलाई मेरो अनुहार नै सबै भन्दा प्यारो हुन्छ

तपाईको प्रतिक्रिया