हिन्दी चलचित्र सेन्सर बीनानै प्रर्दशन भएकोमा कलाकार संघको ध्यानाकर्षण

प्रकाशित मिति :  152 पटक हेरिएको

काठमाडौं । हिन्दी चलचित्र नेपालको डिजिटल प्लेटफर्ममा सेन्सर बीनानै प्रर्दशन भएकोमा नेपाल चलचित्र कलाकार संघको ध्यानाकर्षण भएको छ ।

चलचित्र प्रर्दशनमा आईसकेपछि सेन्सर भएको भनेर प्रचारमा आउनु र सेन्सर बोर्डका चलचित्रबिज्ञ सदस्यलाई खबर नहुनु झनै आश्चर्यलाग्दो भएको भन्दै चलचित्र कलाकार संघले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
यस सम्बन्धमा सम्बन्धित निकायले के भएको हो प्रष्ट पार्नुपर्ने र नेपालको डिजिटल प्लेटफर्ममा रिलिज हुने कुनै पनि चलचित्रलाई नीति नियम र कानुनले तोकेको परिधि भित्र राखि प्रदर्शन गरिनु पर्ने मागसहित सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको चलचित्र कलाकार संघका उपाध्यक्ष तथा प्रबक्ता मोहन निरौलाले जनाएका छन् ।

तपाईको प्रतिक्रिया