एकिकृत कम्युनिष्ट पार्टी निर्माण हाम्रो चाहना हो: गोकर्ण विष्ट

प्रकाशित मिति :  24 पटक हेरिएको

काठमाडौँ । नेकपा एमालेका नेता गोकर्ण विष्टले एकिकृत कम्युनिष्ट पार्टी निर्माण गर्ने आफूहरुको चाहना भएको बताएका छन् ।

नेता विष्टले आफ्नो आधिकारीक फेसबुक पेजमार्फत पार्टीलाई २०७५ जेठ २ कै संरचनाअनुसार अगाडि बढाउन आफू निरन्तर लागिरहने बताएका छन् ।

पार्टी एकता जोगाउन भइरहेका प्रयासलाई कमजोर पार्ने दुरासयले आफ्नो नामसमेत जोडर सञ्चार माध्यमहरूमा खबर आइरहेको उल्लेख गर्दै उनले एकीकृत कम्युनिष्ट पार्टी निर्माण गर्ने आफूहरूको चाहना भएको बताएका हुन् ।

विष्टसहित नेता माधवकुमार नेपाल पक्षका केही नेताले अध्यक्ष केपी शर्मा ओली पक्षका केही नेतासँग संवाद गरिरहेको र नेपाल पक्षकै नेताहरूले विष्ट ओलीतर्फ नै लाग्न सक्ने संकेत गरेका खबर आएका थिए । सोही कुराबारे प्रष्टाउन विष्टले बिहीबार फेसवुकमा आफ्ना धारणा प्रस्तुत गरेका हुन् ।

विष्ट लेख्छन्, ‘पार्टीका सबै कमिटीलाई २०७५ जेठ २ गते पूर्ववत अवस्थामा फर्काएर कम्युनिष्ट आन्दोलनको हितमा सही विचार र कार्यदिशा सहित सबल एवं एकिकृत कम्युनिष्ट पार्टी निर्माण गर्ने हाम्रो चाहना हो,’ उनले भनेका छन्, ‘यसमा अन्तिमसम्म लागिरहन्छौँ ।’

 

तपाईको प्रतिक्रिया