थाहानगरपालिकामा संक्रमितलाई पोसिलो खाना र स्वास्थ्य सामाग्री

प्रकाशित मिति :  74 पटक हेरिएको

मकवानपुर । मकवानपुरको थाहानगरपालिका- ७ स्थित कोरोना संक्रमितलाई पोसिलो खाना र स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।

कोरोना संक्रमितहरुको मनोबल उच्च बनाउन र शारीरिक तन्दुरुस्तीका लागि कोरोना संक्रमितलाई प्रति संक्रमित एक केजी चना,१५ वटा अण्डा, एक थान साबुन ,१५ पिस सर्जिकल मास्क,१ वटा सेनिटाइजर,वितरण गरिएको थाहानगर- ७ का वडा सदस्य एवम् थाहानगर सामाजिक विकास समिति सदस्य दिपेन्द्र कुमार थिङले जानकारी दिए ।

बाँकी संक्रमितलाई यसरी नै निरन्तर पोसिलो खाना र स्वास्थ्य सामाग्री वितरण गरिनेसमेत सदस्य थिङले बताए ।

तपाईको प्रतिक्रिया