सुनको मूल्य बढ्ने क्रम जारी , यस्तो छ प्रतितोला मूल्य

प्रकाशित मिति :  19 पटक हेरिएको

काठमाडौँ । आज साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुन मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यावसायि महासंघका अनुसार शुक्रबार तोलामा ९३ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बढेर तोलामा ९४ हजार १०० रुपैयाँमा पुगेको हो ।

यस्तै तेजाबी सुन तोलामा आइतबार ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको छ भने आज आइतबार चाँदीको मूल्य पनि बढेको छ ।

शुक्रबार तोलामा १३४० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार बढेर तोलामा १३५५ रुपैयाँमा कारोबार भएको हो ।

 

तपाईको प्रतिक्रिया