भारतमा थप ९३हजार ८९६ मा कोरोना,६ हजार बढीको मृत्यु

प्रकाशित मिति :  28 पटक हेरिएको

काठमाडौँ । कोरोना भाईरस संक्रमणको दोस्रो लहरको ‘हटस्पट’ बनेको छिमेकी मुलुक भारतमा दैनिक संक्रमितको संख्या एक लाखभन्दा कममा झरे पनि मृत्युदर भने अस्वाभाविक रूपमा बढिरहेको छ ।

पछिल्लो २४ घण्टामा अहिलेसम्मकै बढी ६ हजार १३८ जनाको मृत्यु भएको छ । यो संगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ लाख ५९ हजार ६९५ पुगेको छ । यसैबीच, भारतमा आज ९३ हजार ८९६ जनामा संक्रमण भएको छ । हालसम्म २ करोड ९१ लाख ८२ हजार ७२ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, भारतमा ११ लाख ८३ हजार ४७५ जना संक्रिय संक्रमित छन् भने २ करोड ७६ लाख ३८ हजार भन्दा बढी संक्रमणमुक्त भएका छन् । यसैगरी, विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख १५ हजार ५३६ जना संक्रमित भएका छन् भने १३ हजार ६ सय भन्दाबढीको मृत्यु भएको छ ।

हालसम्म विश्वमा कोरोना संक्रमणका कारण ३७ लाख ७६ हजार २६१ जनाको मृत्यु भएको छ भने १५ करोड ८६ लाख ६२ हजार ६१५ जना कोरोना संक्रमणमुक्त भएका छन् । यस्तै, कोरोना भाईरस संक्रमितको संख्या १७ करोड ५१ लाख ५८ हजार ७५० पुगेको छ ।

 

तपाईको प्रतिक्रिया