आज तोलामा तीन सयले घट्यो सुनको मूल्य

प्रकाशित मिति :  30 पटक हेरिएको

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ९ सय रुपैयाँ रहेको छ । हिजो सुन तोलाका ९४ हजार २ सय रुपैयाँ रहेको थियो ।

आज तेजावी सुन प्रतितोला ९३ हजार ४ सय रुपैयाँ रहेको छ । यसैगरी आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ३५५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया