प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद् विस्तारः गृहमन्त्रीमा खगराज, सञ्चारमन्त्रीमा बादलपत्नी नैनकला नियुक्त

प्रकाशित मिति :  25 पटक हेरिएको

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ मन्त्री नियुक्त गरेकी छन् ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीको सिफारिसमा ७ मन्त्री र १ राज्यमन्त्री गरी ८ मन्त्री नियुक्त गरेकी हुन् ।

आज नियुक्त मन्त्रीहरु मध्ये गृहमन्त्रीमा खगराज अधिकारी, उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्रीमा राजकिशोर यादव, सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा नैनकला थापा, कृषि तथा पशुपन्छी विकासमन्त्रीमा ज्वालाकुमारी साह, वन तथा वातावरणमन्त्रीमा नारदमुनि राना, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा गणेशकुमार पहाडी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने गरी मोहन बानिया रहेका छन् ।

त्यसैगरी, आशाकुमारी विकलाई वन तथा वातावारण मन्त्रालयको राज्यमन्त्री नियुक्त गरिएको छ ।

तपाईको प्रतिक्रिया