एकैदिन ५ हजार २९३ जना संक्रमणमुक्त, ५९ जनाको मृत्यु

प्रकाशित मिति :  30 पटक हेरिएको

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३,७४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै देशभर पीसीआर विधिबाट परीक्षण गर्दा संक्रमित हुनेको कुल संख्या ६ लाख १ हजार ६८७ र एन्टिजेन विधिबाट परीक्षण गर्दा संक्रमित हुनेको संख्या १७ हजार ७१४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ५,२९३ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोनामुक्त हुनेको कुल संख्या ५ लाख १५ हजार ५९१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणका कारण ५९ जनाको मृत्यु भएको छ । यस्तै, हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार २३८ पुगेको छ ।

 

तपाईको प्रतिक्रिया