आज थप ६ हजार २९५ जना संक्रमणमुक्त, ६१ जनाको मृत्यु

प्रकाशित मिति :  150 पटक हेरिएको

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ३८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभर ८ हजार ५०६ नमुनाको पीसीआर परीक्षण गर्दा २ हजार ३८२ र ५ हजार ९८८ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार २ जना गरी कुल १४ हजार ४९४ नमुना परीक्षणमा ३ हजार ३८४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा कोरोना संक्रमणबाट थप ६१ जनाको मृत्यु भएको छ भने ६ हजार २९५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

यस्तै, नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ६ हजार ७७८ पुगेको छ । जसमध्ये ८ हजार ३६६ जनाको मृत्यु भएको छ भने हालसम्म ५ लाख २७ हजार १११ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

तपाईको प्रतिक्रिया