वाइसीएल नगर कमिटीको समन्वयमा विपन्न परिवारलाई खाद्यान्न सहयोग

प्रकाशित मिति :  275 पटक हेरिएको

रामचन्द्र मोक्तान, मकवानपुर । मकवानपुरको थाहानगरपालिका वडा नम्बर १ र ११ का विपन्न परिवारलाई थाहा नगर कमिटी वाइसीएलको समन्वयमा नेकपा माओवादी केन्द्रको सहकार्यमा विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेका छन् ।

थाहा १ स्थित ५ परिवार र थाहा ११ का १ परिवारलाई प्रती परिवार १ बोरा चामल ,२ किलो नुन ,२ किलो दाल ,२ लिटर तेल सहयोग प्रदान गरिएको माओवादी केन्द्र मकवानपुर जिल्ला सदस्य तथा इन्द्रसरोवर इन्चार्ज बिनायक गोलेले जानकारी दिए ।

जसमा नेकपा माओवादी केन्द्र मकवानपुर जिल्ला सदस्य तथा इन्द्रसरोवर इन्चार्ज बिनायक गोले, वाइसीएल मकवानपुर जिल्ला सदस्य तथा उद्योग तथा पर्यटन विभाग प्रमुख गुमन सिंह मोक्तान (अरुण ) ,वाइसीएल जिल्ला सदस्य सानोबाबु मोक्तान ,वाइसीएल थाहानगर अध्यक्ष मान सिंह दोङ ,वरिष्ठ उपाध्यक्ष संग्राम विष्ट ,उपाध्यक्ष दिवाकर गोपाली ,कोषाध्यक्ष देवकी तामाङ ,सचीव युवराज विष्ट ,सहसचिव कृष्णमान लो ,सह-सचिव राजिव बिक्रम खड्कालगायतका उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया