सात सय रुपैयाँले घट्यो सुनको मूल्य

प्रकाशित मिति :  209 पटक हेरिएको

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य सात सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९३ हजार २ सय रुपैयाँमा छापावाला सुनको कारोबार भइरहेको छ ।

आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी तेजाबी सुन प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । आइतबार तेजाबी सुन प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी पनि घटेर १ हजार ३ सय ६५ रुपैयाँ कायम भएको छ ।

 

तपाईको प्रतिक्रिया