खोलाले बगाएर एक जना बेपत्ता

प्रकाशित मिति :  273 पटक हेरिएको

काठमाडौँ । गोरखामा खोलाले बगाएर एक जना बेपत्ता भएका छन् ।

जिल्लाको आरुघाट गाउँपालिका-२ ढोडेनीस्थित ठेटनेरी खोलाले बगाएर एक जना बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा बर्दिया घर भई हाल गोरखा बस्दै आएका ३८ वर्षीय गोविन्द चौधरी रहेको प्रहरीले जनाएको छ ।

उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया