कर्णाली प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

प्रकाशित मिति :  224 पटक हेरिएको

काठमाडौँ । कर्णाली प्रदेश सभाले आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ ।

मंगलबार बसेको प्रदेश सभा बैठकमा सभामुख राजबहादुर शाहीले उक्त प्रस्तावलाई निर्णयार्थ पेस गर्दा सदनमा उपस्थित सांसदको संख्याको आधारमा बहुमतले पारित भएको घोषणा गरेका हुन् ।

योसँगै प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ भने अहिले दिउँसो चार बजे प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले बजेट सार्वजनिक गर्ने भएका छन् ।

 

तपाईको प्रतिक्रिया