पहिरो जाँदा भिमफेदी-कुलेखानी सडक अवरुद्ध

प्रकाशित मिति :  546 पटक हेरिएको

मकवानपुर । निरन्तर परेको वर्षाका कारण काठमाडौँ, हेटौँडा जोड्ने छोटो दुरीको भिमफेदी कुलेखानी सडक खण्डमा पहिरो जाँदा बाटो अवरुद्ध भएको छ ।

भिमफेदी कुलेखानी सडक खण्ड अन्तर्गत भिमफेदी-६ देउराली र चिसापानी गढीबीच सडक खण्डमा पहिरो जाँदा बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

प्रहरी, स्थानीय र सडक निर्माण टोलीले पहिरो पन्छाउने कार्य भइरहेको र निरन्तर परेको पानीका कारण पहिरो हटाउन समस्या भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया