मकवानपुरमा थप २१ जनामा कोरोना

प्रकाशित मिति :  160 पटक हेरिएको

मकवानपुर । मकवानपुरमा आज बुधबार थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

हेटौँडा अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा ७३ जनाको संकलन गरिएको स्वाबबाट २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हेटौंडाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिए ।

कोरोना संक्रमित मध्येमा १२ जना पुरुष र ९ जना महिला रहेका छन् ।

तपाईको प्रतिक्रिया