आज थप २ हजार ८२८ जनामा कोरोना, ३ हजार ८२ जना संक्रमणमुक्त

प्रकाशित मिति :  162 पटक हेरिएको

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८६८७ जनाको पीसीआर र ४३३५ जनाको एन्टिजेन गरी १३ हजार २२ जनाको परीक्षण गर्दा २८२८ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, सोही अवधिमा थप ३ हजार ८२ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ५२ जनाको मृत्यु भएको छ ।

हाल देशभर कोरोनाका संक्रिय संक्रमितको संख्या ६२ हजार ११७ रहेको छ ।

तपाईको प्रतिक्रिया