जन्मदिनको अवसरमा जनप्रतिनिधि थिङद्वारा खाद्यान्न सहयोग

प्रकाशित मिति :  390 पटक हेरिएको

रामचन्द्र मोक्तान, मकवानपुर । मकवानपुर को भिमफेदी गाउँपालिका वडा नम्बर १ नेपाली कांग्रेसबाट निर्वाचित महिला वडा सदस्य सुमित्रा थिङले आफ्नो जन्मदिनको अवसरमा खाद्यान्न सहयोग गरेकी छिन् ।

विश्वव्यापी रूपमा फैलिएको कोभिड- १९ संक्रमणका कारण नेपाल सरकारले गरेको निषेधाज्ञाको मारमा पर्दा समस्यामा परेका भिमफेदी १ का अति विपन्न ९ घर परिवारलाई प्रती परिवार २० किलो चामल ,२ किलो दाल ,१ प्याकेट तेल र २ थान साबुन सहयोग प्रदान गरिएको वडा सदस्य सुमित्रा थिङले जानकारी दिइन् ।

अति विपन्न चेपाङ , राई र अन्य गरि ९ घर परिवारलाई आफ्नो व्यक्तिगत खर्चमा कोसेली स्वरुप सहयोग प्रदान गरिएको सदस्य थिङले बताइन् ।

तपाईको प्रतिक्रिया