चलचित्रकर्मी विपद् व्यवस्थापन कोषलाई कलाकार संघद्वारा सहयोग

प्रकाशित मिति :  87 पटक हेरिएको

काठमाडौँ । चलचित विकास बोर्डले हालै मात्र गठन गरेको चलचित्रकर्मी विपद् व्यवस्थापन कोषलाई नेपाल चलचित्र कलाकार संघ केन्द्रीय कार्यालय र नेपाल चलचित्र कलाकार संघ युके शाखाले आर्थिक सहयोग गरेको छ ।

कोषलाईकलाकार संघको केन्द्रीय कार्यालय र संघको युके शाखाको तर्फबाट क्रमश: रू ३०,०००।-र रू २५,०००।- गरी पचपन्न हजार २०७८ बिहिबार चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाललाई संघका केन्द्रीय अध्यक्ष रवीन्द्र खडका र शाखा युकेका उपाध्यक्ष सुरेशराज पाठकले हस्तान्तरण गरेका हुन् ।

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खडकाले विपद् व्यवस्थापन कोषलाई क्रियाशिल बनाई आपत विपद्को समयमा चलचित्रकर्मीलाई सहयोग गर्न सकिने कुरालाई मध्यनजर राख्दै कोषलाई सहयोग गरिदिन युके शाखा लगायत स्वदेशी तथा विदेशी दाताहरूलाई अनुरोधसमेत गरेका थिए ।

सोही अनुरोध अनुसार यु के शाखाबाट सहयोग प्राप्त भएकोमा यसै वक्तव्यमार्फत यु के शाखाले कोषलाई सहयोग गरेको हो ।

साथै विपद् व्यवस्थापन कोषलाई संचारकर्मी स्वतन्त्र महर्जनले पनि यस अघिनै पाँचहजार पाँचसय पचपन्न प्रदान गर्ने घोषणा गरेका छन् भने मोहन निरौलाले दश हजार पाँचसय प्रदान गरिसकेका छन् ।

कोषलाई रकम हस्तान्तरणको कार्यक्रममा संघका अध्यक्ष रवीन्द्र खडका, उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौला , कोषाध्यक्ष सुनिल कटवाल, संघका कार्यकारिणी सदस्य उद्धव भट्टराई, कार्यकारिणी सदस्य रामेश्वर बुर्लाकोटी,कार्यकारिणी सदस्य तथा चलचित्र जाँच समितिका सदस्य राजेश महर्जन , यु के शाखाका उपाध्यक्ष सुरेश राज पाठक र संचारकर्मीहरूको उपस्थिती रहेको थियो ।

रकम हस्तान्तरण पछि चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले कलाकार संघले भर्खरै गठन भएको चलचित्रकर्मी विपद् व्यवस्थापन कोषलाई सक्रिय बनाउन रकम प्रदान गरेर जुन क्रियाशीलता देखाएको छ त्यसको लागि विकास बोर्डकोतर्फबाट धन्यबाद दिन चाहन्छु भन्दै यही वर्ष भित्रमा विकास बोर्डले पनि केही रकम निकासा गराउने बचनबद्धता प्रकट गरेका छन् ।

तपाईको प्रतिक्रिया