त्रिविले रोकिएका परीक्षा साउनभित्रै गराइसक्ने

प्रकाशित मिति :  136 पटक हेरिएको

काठमाडौँ । कोरोना महमारिका कारण मुलुकमा लकडाउनको घोषणा गरिएपछि त्रिभुवन विश्वविद्यालयले चलिरहेका परीक्षा रोकेको थियो ।

त्यसयता अन्योलमा परेका सबै परीक्षा साउनभित्रै सम्पन्न गर्नेगरी त्रिभुवन विश्वविद्यालयले तयारी थालेको छ ।

स्थगित भएका परीक्षा भौतिक उपस्थितिमै गराउने गरी तयारी थालेको त्रिविले जनाएको छ ।

त्रिविका अनुसार चल्दाचल्दै स्थगित भएका परीक्षा पहिला सञ्चालन गरिसकेपछि स्नातक तह प्रथम वर्षको परीक्षा गरीनेछ ।

तपाईको प्रतिक्रिया